१ कार्तिक २०८३, आइतबार

वन्यजन्तु तस्करीमा संलग्न दुई सांसदसहित ४७ जनाविरुद्व मुद्दा दायर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । दुई प्रदेश सांसदसहित ४७ जना वन्यजन्तु तस्करीमा संलग्न रहेको ठहर गर्दै पर्सा राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेको छ ।

मुद्दा दायर भएकामा २ जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षसमेत रहेका छन् । मुद्दा दायर गरिएकामा पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(२) का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवाल रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक, निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी सम्मिलित टोलीले पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अकवनियास्थित सांसद जयसवालको घरमा गत पुस ५ गते छापा मारेर मृत जरायो र केही हातहतियार बरामद गर्‍यो। त्यसक्रममा केही व्यक्तिसमेत पक्राउ परेका थिए।

प्रहरीले जयसवालको घरबाट झापस दास थारु, विशाल सहनी, दामोदर अधिकारी, म्लाङ दोङ तामाङलाई मृत हरिणसहित अवैध हातहतियारसहित नियन्त्रणमा लिएको थियो ।

तस्करीमा प्रयोग भएको बन्दुक वाग्मती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५(२)का सांसद श्याम खड्काको भएको खुल्न आएपछि खड्काको पनि संलग्ना खुलेको थियो ।