१ कार्तिक २०८३, शनिबार

आईपीओ जारी गर्दै पूर्वाञ्चल ल्युब आयल, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पीएलओ) ले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

आईपीओ जारी गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कूल पाँच लाख कित्ता शेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको चार लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने बताइएको छ ।

पूर्वाञ्चल ल्यूब आयलले विगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।