१ कार्तिक २०८३, शनिबार

दोलखामा बाँदरको प्रकोप बढ्यो, खाद्य अधिकार सुरक्षित गर्न बाली बीमा गरियोस् : सांसद रिजाल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेकपा एमालेका सांसद ईश्वर बहादुर रिजाल (ईश्वरी रिजाल) ले खाद्य अधिकारको सुरक्षाका निम्ति बाली बीमाको सुनिश्चितता गर्न माग गरेका छन् ।

दोलखामा बाँदरबाट बालीनाली नष्ट भइरहेको र त्यसको प्रभावस्वरूप किसानहरू गाउँघर छोडेर सहरमुखी बन्न थालेकोतर्फ संसदको ध्यानाकर्षण गराउँदै उनले खाद्य अधिकारको सुरक्षाका लागि संविधानमा भएको व्यवस्था अनुसार बाली बीमा माग गरेका हुन् ।

‘दोलखा जिल्लामा अहिले बाँदरको प्रकोप बढेको छ । मान्छेहरूले कमाइ खेती छाडेर हिँडेका छन्, बसाइँ सरेका छन् । पृथ्वीको यो महत्व छ कि यहाँ जीव छ र सँगसँगै चेतनशील प्राणी मान्छे पनि छ,’ सांसद रिजालले भने, ‘तर अहिले बाँदरको साम्राज्य बढेको छ । हामी कृषिमा आत्मनिर्भर हुने कुरा गर्छौँ । तर, बाँदरले उठीबास लगाएको छ ।’

हिजो बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद रिजालले दोलखाको बाँदर प्रकोपबारे भने, ‘मेरो अनुरोध छ, एउटा अध्ययन टोली बनाइयोस् र संविधानको भाग ३ को धारा ३६ खाद्य अधिकारको सुरक्षाको निम्ति बाली बीमाको सुनिश्चितता गरियोस् ।’