१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्ड भन्छन्- राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता नलिने विश्वासक व्यक्त गरेका छन् ।

पार्टीका कार्यालयबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले सरकार तलमाथि नहुने र आफूले बुझेसम्म समर्थन फिर्ता नलिने बताएका हुन् ।

‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन’, पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने ।

बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले मुद्दाको विषय बाँकी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नु पर्ने बताए ।

प्रवक्ता महराले प्रचण्डको व्यस्तता र गृहकार्य गर्न बाँकी रहेकाले शुक्रबार बस्ने गरी स्थायी कमिटी बैठक सकिएको जानकारी दिए ।