१ कार्तिक २०८३, आइतबार

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । काभ्रेपलाञ्चोकको नमोबुद्वमा बसको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जादै गरेको बसले नमोबुद-७ स्थित २० किलोमा ८ बर्सिया बालिका दिविसा अधिकारीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

बालिकाको मृत्युपछि स्थानीयले ठक्कर दिने बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन् ।

आगजनीबाट बस पूर्ण रुपमा ध्वस्त भएको छ ।