
काठमाडौं, १९ माघ । जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारी चालक रहेका ४० वर्षीय गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्याय दिनुपर्ने माग गर्दै आत्मदाहको प्रयास गरेका हुन् । उनलाई तत्कालै उद्दार गरिएको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया