
काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्राय पूर्व सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सरकार गठनका बेलामा भएको सहमति अहिले पनि कायम रहेको र गृह राष्ट्रिय स्वतन्त्र पार्टीकै भएको बताएका हुन् ।
ओलीले गृहमा रवि आफू आउने वा अरु कसैलाई पठाउने भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टीकै हातमा रहेको बताए ।
‘पहिला रविजी गृहमन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भने।
अध्यक्ष ओलीले गठबन्धनभित्र कुनै पनि खटपट नभएको र सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको प्रतिक्रिया दिए ।















प्रतिक्रिया