
काठमाडौं, १९ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
बिहीबार सुनको मूल्य तोलामा १२ सयले बढ्दै ऐतिहासिक रेकर्ड कायम गरेको हो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो।
उक्त रेकर्डलाई पनि पार गर्दै आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैँयाले बढेको छ ।
चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया