१ कार्तिक २०८३, आइतबार

राप्रपाका मन्त्रीहरु संविधानको बर्खिलापमा बोलिरहेका छन्: सांसद रघुजी पन्त

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरुले नै संघीयताविरुद्व बोलिरहेका भन्दै विरोध गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनभन्दा बाहिर गएर अभिव्यक्ति नदिन चेतावनी दिएपनि मन्त्रीहरुले अटेर गरेका भन्दै पन्तले विरोध गरेका हुन् ।

राप्रपाका मन्त्रीहरुले देशको संविधान र कानूनविरुद्व गएर अभिव्यक्ति दिइरहेका भन्दै यसले मुलुकको लोकतन्त्र नै खतरामा परिरहेको बताए ।

प्रधानमन्त्रीको निर्देशन विपरित अभिव्यक्ति दिएर मन्त्रीले सार्वजनिक रुपमै विवाद सिर्जना गरेको भन्दै पन्तले प्रधानमन्त्री र मन्त्रीहरुबीच सार्वजनिक रुपमा विवाद देखिनु राम्रो नभएको भन्दै असन्तुष्टि भए मन्त्रिपरिषद्मा छलफल गर्नुपर्ने बताए ।

‘प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक विवाद आएको राम्रो होइन। त्यसबारेमा छलफल आवश्यक भए क्याबिनेटमा गर्नुहोस्। तर, संविधानको आधारभूत संरचनाको बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा मुलुकको लोकतन्त्रको लागि राम्रो लक्षण होइन,’ उनले भने ।

उनले राप्रपाका मन्त्रीहरुले संविधानको बर्खिलापमा बोलेर लोकतन्त्रलाई नै खतरामा पार्ने काम गरिरहेको आरोप लगाए ।