१ कार्तिक २०८३, आइतबार

ओलीसँग छलफल गरेपछि प्रधानमन्त्रीले नारायणकाजी र देव गुरुङसँग गरे छलफल

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पार्टीका वरिष्ठ उपााध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङसँग छलफल गरेका छन् ।

बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेलगत्तै प्रचण्डले श्रेष्ठ र गुरुङसँग छलफल गरेका हुन् ।

अहिले गठबन्धनभित्र राष्ट्रपति र गृहमन्त्रालयका विषयमा विवाद देखिएको छ । माओवादी राष्ट्रपतिमा काँग्रेसलाई पनि समेटेर राष्ट्रिय सहमतिसहित जानुपर्नेमा छन् भने सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमाले काँग्रेसलाई समेट्ने पक्षमा छैन ।

यस्तै, पछिल्लो समय गृहमन्त्रालयका विषयमा पनि गठबन्धनमा मतभेद देखिएको छ । प्रधानमन्त्री प्रचण्ड एवं माओवादी केन्द्र गृहमन्त्रालय माओवादीमै राख्ने कसरतमा छन् ।

प्रचण्ड रवि लामिछानेलाई पुन गृहमै फर्काउने पक्षमा छैनन् । तर एमाले अध्यक्ष ओलीले पूर्वसहमतिअनुसार रविलाई नै गृह दिएर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।