१ कार्तिक २०८३, आइतबार

‘पठान’ ले ६ दिनमा कति कमायो ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । बलिउड चलचित्र ‘पठान’ ले प्रर्दशन भएको ६ दिनमा ६ सय करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मले दिनमा १ करोड कमाएर बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्मले भारतमा मात्रै ३ सय ३ करोड नेट भारू कमाएको छ ।

सोमबार मात्रै फिल्मले करिब ६० करोडको व्यापार गरेको थियो । ‘पठान’ ले हालसम्म बुधबार ५८ करोड, बिहीबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१ करोड ५० लाख, आइतबार ५८ करोड ५० लाख र सोमबार २५ करोड ५० लाख कलेक्सन गरेको छ ।

हिन्दीमा मात्रै फिल्मले अहिलेसम्म २९६ करोड कमाइसकेको छ ।