१ कार्तिक २०८३, आइतबार

बुधबार बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

मंगलबार ५ सयले बढेको सुनको मूल्य बुधबार ५ सयले नै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सयमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँचहजार आठसयमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी तोलामा पाँच रुपैँयाले बढेको छ ।

चाँदी प्रतितोला १३ सय ७० रुपैँयामा कारोबार भइरहेको छ ।