
काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेताबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । प्रधानमन्त्री प्रचण्डले ओली र लिङ्देनसँग गृहमन्त्रालयकै विषयमा छलफल गरेका बुझिएको छ ।
नागरिकता पुन: प्राप्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि गृहमन्त्रालयमै फर्कन चाहन्छन् तर प्रधानमन्त्री प्रचण्ड उनलाई फर्काउने मनस्थितिमा छैनन् ।
गृह नपाए सरकार छोड्ने सम्मको चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको छ । प्रचण्डले ओली र लिङ्देनसँग गृहमन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीकै विषयमा छलफल गरेका बताइएको छ ।
यस्तै, शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनको विषयमा पनि छलफल भएको छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ ।















प्रतिक्रिया