१ कार्तिक २०८३, शनिबार

क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । निलम्बन गरेको करिब पाँच महिनापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

आज मंगलबार पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

एक किशोरी बलात्कारको आरोप लागेपछि संघले उनलाई गत भदौ २३ गते निलम्बन गरेको थियो । सोही आरोपमा लामिछानेलाई गत असोज २० गते पक्राउ गरी जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

तर उच्च अदालत, पाटनले उनलाई पुस २९ गते २० लाख रुपैयाँ धरौटीमा शर्तसहित रिहा गर्ने आदेश दिएको थियो । रिहा भएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको जनाएको छ ।