१ कार्तिक २०८३, शनिबार

पाँच वर्षकै लागि एमालेबाटै राष्ट्रपति चयन हुन्छ : पृथ्वीसुब्बा गुरुङ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १७ माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाँच वर्षसम्मकै लागि एमालेबाटै राष्ट्रपति चयन हुने बताएका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिकामा हिजो सोमबार आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार नै एमालेले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्ने धारणा व्यक्त गरेका हुन् ।

कांग्रेसले गठबन्धनमा जाल हान्ने र ढडिया थाप्ने काम गरिरहे पनि ढडियामा माछा पर्ने सम्भावना नभएको उनको भनाइ छ । उपमहासचिव गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रको तर्फबाट सभामुख रहने खुलासा पनि गरेका छन् ।

राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्ने शक्ति एमाले फेरि सत्तामा आएको उनको भनाइ छ ।

२०२१ भदौ २९ गते लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ हाँडेटारमा जन्मिएका तिलकराज पाण्डेलाई तत्कालीन विद्रोही माओवादीले २०६१ माघ १६ गते गोली हानी हत्या गरेका थिए ।

पाण्डे २०४९ मा तत्कालीन परेवाडाँडा गाविसका अध्यक्ष, २०५४ मा निर्विरोध गाविस अध्यक्ष, २०५४ मा तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य र २०५६ मा तत्कालीन नेकपा एमाले सचिवालय सदस्य एवं क्षेत्र नं. २ को इन्चार्ज रहेका थिए ।