
काठमाडौं, १७ माघ । पाकिस्तानको उत्तर पश्चिममा रहेको एक प्रहरी मुख्यालयभित्र रहेको मस्जिदमा सोमबार भएको बम विष्फोटमा परेर मृत्यु हुनेको संख्या ९० पुगेको छ ।
एक सय ५० भन्दा बढी घाइते भएका छन । प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो ।
अफगान सीमासँग जोडिएका क्षेत्रहरुमा आक्रमणहरु लगातार बढिरहेको छ ।
सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानकाअनुसार मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै रहेका छन् ।















प्रतिक्रिया