१ कार्तिक २०८३, आइतबार

अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नियुक्त नगर्ने प्रधानमन्त्री प्रचण्डको निर्णय

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेविरुद्वको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नियुक्त नगर्ने निर्णय गरेका छन् ।

आज बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल गृहमन्त्री नियुक्त नगर्ने निर्णय सुनाएका हुन् । ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन । प्रधानमन्त्रीसँगै रहन्छ ’ बैठकपछि माओवादीका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई भने ।

गत आइतबार नागरिकता पुन प्राप्ति गरेपछि रविले पुन: गृहमन्त्रालयमा फर्कन खोजिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्ड भने रविलाई पुन गृहमन्त्री बनाउने पक्षमा छैनन् ।