१ कार्तिक २०८३, आइतबार

गृहमन्त्रालयबारेमा प्रचण्ड र रवि आ-आफ्नै छलफलमा, आजै सरकार छोड्न सक्छ रास्वपाले

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । पछिल्लो समय पेचिलो बनेको गृहमन्त्रालयको विषयले सरकार नै तरंगित हुने आशंका हुन थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता पुन: प्राप्ति गरी गृहमन्त्रालयमै फर्कन प्रयास गरिरहेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने रविलाई मन्त्रालयमा पुन: फर्काउने पक्षमा छैनन् ।

प्रचण्डले गृहमन्त्रालय माओवादीलाई नै राख्ने पक्षमा छन् । यसैबीच गृहमन्त्रालय नपाउने भएपछि रविले आफ्नो पार्टीमा आन्तरिक छलफल गरिरहेका छन् ।

रविले कुरा नमिले सरकार नै छोड्नेसम्मको संकेत गरेका छन् । रास्वपाले सरकार छोडेको खण्डमा प्रचण्डको सरकारलाई चुनौती खडा हुने देखिन्छ । जसले गर्दा रविले सरकार छोड्ने धम्की दिएपछि अहिले प्रधानमन्त्री पनि पार्टीको छलफलमा जुटेका छन् ।

पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले गृहमन्त्रालयकैबारेमा छलफल गरिरहेका जानकारी दिइएको छ । यदी, आज साँझसम्म प्रधानमन्त्रीले सकारात्मक जवाफ नदिए रास्वपा सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको बताइन्छ ।

प्रधानमन्त्रीको अडान कायम रहेको खण्डमा रास्वपा आजै साँझसम्म सरकारबाट बाहिरिने नेताहरु बताउँछन् ।