
काठमाडौं, १७ माघ । एकजना छोराले आफ्नौ आमाको हत्या गरेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका-६ का ४० वर्षीय श्रीराम थारुले ७१ वर्षीय आमा लगनीदेवीको हत्या गरेका हुन् ।
आमाले वृद्दाभत्ता आफूलाई नदिएको भन्दै श्रीरामले बञ्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले जानकारी दिएको छ । हत्यापछि जंगलमा लुकेको अवस्थामा प्रहरीले श्रीरामलाई पक्राउ गरेको हो ।
उनी यसअघि पनि हत्या आरोपमा ५ वर्ष कारागार बसिसकेका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया