२ कार्तिक २०८३, सोमबार

गृहमन्त्रालय दिन प्रधानमन्त्री अनिच्छुक देखिएपछि सरकारबाट बाहिरिने मनस्थितिमा रवि

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार छोड्ने चेतावनी दिएका छन् ।

आइतबार नागरिकता पुन: कायम गराएपछि गृहमन्त्रालयमै फर्किन खोजेका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारात्मक जवाफ नदिएपछि सरकार छोड्ने चेतावनी दिएका हुन् ।

मंगलबार बिहान पनि प्रधानमन्त्रीलाई बालुवाटारमा पुगेर भेटेका लामिछानेले सकारात्मक जवाफ नपाएपछि सरकार छोड्ने मनस्थिति बनाएका बताइएको छ ।

प्रचण्ड सकभर अब गृहमन्त्रालय माओवादी केन्द्रमा पार्ने कसरतमा छन् । रविले सरकार छोड्ने चेतावनी दिएसँगै भने प्रचण्ड दबावमा परेका छन् ।