१ कार्तिक २०८३, आइतबार

आज पनि प्रधानमन्त्रीको जवाफबाट निराश भएर फर्किए रवि

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

पुन: नागरिकता प्राप्ति गरेपछि गृहमन्त्रालयमै फर्किन खोजिरहेका लामिछानेले प्रधानमन्त्रीलाई आफूलाई पुन: फर्काउन आग्रह गरिरहेका छन् ।

तर प्रधानमन्त्री प्रचण्ड भने रविलाई फर्काउने पक्षमा देखिएका छैनन् । मंगलबार पनि प्रधानमन्त्री प्रचण्डले रविलाई सकारात्मक जवाफ नदिएका बताइएको छ ।

रविको आग्रहलाई घुमाउरो पारामा नकार्दै प्रचण्डले पासपोर्टको मुद्दा बाँकी नै रहेको भन्दै फेरि भोलिका दिनमा अप्ठ्यारो पर्न सक्ने जवाफ दिएका बताइएको छ ।