
काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ ।
पार्टी मुख्यालय पेरिसडाँडामा सोमबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक मध्यान्ह १२ बजे सुरु हुनेछ ।
सोमबारको बैठकमा गृहमन्त्रालय माओवादी केन्द्रले नै राख्नुपर्ने अधिकांश नेताहरुले सुझाव दिएका थिए ।
यस्तै, स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो।
स्थायी कमिटी बैठक भोलि (बुधबार) बस्दैछ ।















प्रतिक्रिया