
काठमाडौं, १७ माघ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेको छ ।
मंगलबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया