
काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
रवि पुन: गृहमन्त्री बन्ने दौडधुपमा रहेका छन् । उनले गत आइतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुन: प्राप्ति गरेलगत्तै पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।
रवि गृहमन्त्रालयमै फर्किन चाहन्छन् भने प्रधानमन्त्री प्रचण्ड भने गृह रविलाई दिन अनिच्छुक देखिएका छन् ।















प्रतिक्रिया