२ कार्तिक २०८३, सोमबार

फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । आगामी २७ माघबाट रिलिज हुन लागेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ ।

हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अरुण तामाङले निर्माण गरेको फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, सन्ते दा, चाँदनी प्रधानलगायत कलाकारको अभिनय छ । फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा विशेष भूमिकामा देखिनेछन् ।

फिल्ममा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायाङ्कन, रामजी लामिछाने र कमल राईको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा र अर्जुन पोखरेल, अगोम गुरुङ तथा दीपक शर्माको सङ्गीत छ ।