
काठमाडौं, १६ माघ । चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई चन्दा उठाएको रकमसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्जविपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेको प्रहरीले जनाएको छ ।
गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुमाथि गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा श्रृङ्खलावद्ध आगजनी गरेको आरोप छ ।
गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न ७ बँुदे मागसहितको पर्चाहरु प्रहरीले फेला पारेको थियो ।















प्रतिक्रिया