१ कार्तिक २०८३, शनिबार

प्रभु बैंकको सीईओ नियुक्तिविरुद्ध उच्च अदालतमा मुद्दा दायर, आयो यस्तो आदेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधानविपरीत सीईओ नियुक्ति गरिएको भन्दै अधिवक्ता अनिता थापा केसीले गत शुक्रबार मुद्दा दायर गरेकी हुन् ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र प्रभु बैंकका सञ्चालकहरु समेतलाई विपक्षी बनाई मुद्दा दायर भएको हो ।

आइतबार उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिँदै अर्को पेसी माघ २० गतेका लागि तोकेको छ ।

यसअघि बैंकमा दुई कार्यकालसम्म सीईओका रुपमा काम गरिसकेका अशोक शेरचनलाई तेस्रो कार्यकाल पनि सीईओ बनाइनु बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को प्रावधानविपरीत रहेको रिट निवेदनमा दाबी गरिएको छ ।