१ कार्तिक २०८३, आइतबार

प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले भाटभटेनीका सञ्चालक गुरुङलाई बयानका लागि बोलायो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । केही दिनअघि काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनीका संचालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ ।

आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमा लेखेको लामो स्टाटस्मा गुरुङको नाम पनि उल्लेख छ ।

गुरुङले सामान लिएर पैसा नदिएको आरोप आचार्यले लगाएका थिए । गुरुङले समान लिए बराबरको पैसा नदिने, अनेक बहानामा झलाइरहने गरेको आरोप आचार्यले लगाएका छन् ।

आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो ।