१ कार्तिक २०८३, आइतबार

भारतको ओडिशाका स्वास्थ्य मन्त्री दासको गोली हानेर हत्या

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भुवनेश्वर, १६ माघ । भारतको ओडिशाका स्वास्थ्यमन्त्री नवकिशोर दासको हत्या भएको छ ।

उनलाई गोली हानेर हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आइतबार दिउँसो १ बजे मन्त्री दास झारसुगुडाको ब्रजराजनगरमा एक कार्यक्रमका लागि सहभागी हुन पुगेका थिए ।

कार्यक्रम परिसर पुगेका दासलाई कारबाट ओर्लने बेला भारतीय प्रहरी सबइन्स्पेक्टर गोपाल दासले छातीमा दुई पटक गोली प्रहार गरेका थिए ।

गोली लागेपछि गम्भीर घाइते भएका मन्त्री दासलाई उनका समर्थकहरुले उठाएर नजिकैको अस्पताल पुर्‍याएका थिए । त्यहाँबाट उनलाई थप उपचारको लागि हेलिकप्टर मार्फत भुवनेश्वरको एपोलो अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको बताइएको छ । गोली प्रहार गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान भइरहेको छ ।