१ कार्तिक २०८३, आइतबार

आत्मदाह गर्नुअघि प्रेमप्रसादले रवीन्द्र मिश्रलाई “म आमरण अनसन बस्दैछु” भनेर सन्देश पठाएका थिए

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गनुअघि विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता साथै आफन्तहरुलाई आफ्नो समस्यकाबारेमा सन्देश छोडेका पाइएको छ ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पनि सन्देश छोडेका थिए । मिश्रले सामाजिक सञ्जालमार्फत आचार्यले आत्मदाह गर्नुअघि आफूलाई सन्देश छोडेका बताएका हुन् ।

मिश्रलाई आचार्यले म आमरण अनसन बस्दैछु भनेर सन्देश छोडेका थिए ।

“म आमरण अनसन बस्दैछु” प्रेमजी, तपाईंले अस्ती विहान मलाई पठाएको सन्देश हो यो। तर केही घण्टाभित्रै तपाईंले आत्मदाह रोज्नुभएछ। तपाईंले आफ्नो पत्रमा भनेझैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो,’। मिश्रले आचार्यले छोडेका सन्देशसहित सामाजिक सञ्जालमा लेखेका छन् ।

मिश्रले यो घटना विफलताको परिणाम भएको बताएका छन् ।