
काठमाडौं, १२ माघ । काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी हटाएको छ।
मापदण्ड पूरा गरे पनि शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो।
असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो।
मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई महानगरले भनेको थियो।
तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ।















प्रतिक्रिया