१ कार्तिक २०८३, आइतबार

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २ बाट

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ (निफ) आउँदो चैत २ गतेबाट हुने भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।

महोत्सवमा ५५ देशका ५ सय बढि फिल्मबाट छनौट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिष्पर्धा हुने निफ अध्यक्ष केपी पाठकले जानकारी दिए । उनले विगतमा झै महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार प्रदान गरिने बताए ।

यसपटकबाट निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलहरुमा प्रदर्शन गरिने समेत बताइएको छ । पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित कलाकारहरू गौरी मल्ल, सरिता गिरी, दीपाश्री निरौला, निर्मल शर्मा लगायतका कलाकार उपस्थित थिए ।