
काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका रोजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गरेका छन् ।
एक सीटका लागि ३ जनाको उम्मेदवारी परेको छ । एमालेका कुमार दसौदी र काँग्रेसका माधवप्रसाद आचार्यले पनि उम्मेदवारी दिएका छन् ।
एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजिनामा दिएपछि एक सीट रिक्त भएको थियो ।
राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते हुँदैछ ।















प्रतिक्रिया