बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

घुर्की लगाएर बसेका मन्त्री खानले बल्ल गरे पदभार ग्रहण

दैनिक नेपाल २०७९ माघ ११ गते १५:२५

काठमाडौं, ११ माघ । रोजेको मन्त्रालय नपाएपछि पदभार ग्रहण नगरी बसेका खानेपानी मन्त्री अब्दुल खानले बुधबार पदभार ग्रहण गरेका छन् ।

बुधबार सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री र खानेपानी मन्त्रालयका सचिवको बारम्बारको आग्रहपछि आफू मन्त्रालय सम्हाल्न आएको उनले बताए ।

खानले जिम्मेवारी पाएको ८ दिनपछि पदभार सम्हालेका हुन् । पुस ११ गते जनमत पार्टीबाट विनाविभागीय मन्त्री बनेका खान माघ ३ मा खानेपानीमन्त्री बनेका थिए । तर, पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उनी मन्त्रालय गएका थिएनन् ।

पदभार ग्रहण गर्दै मन्त्री उनले सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए । काम गर्नेको साथमा आफू सधैँ रहँने भन्दै मन्त्री खानले दायाँ बायाँ पावर आफूले नमान्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित