१ कार्तिक २०८३, आइतबार

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियुक्त ८ जना मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु बिष्टले सपथ लिएका हुन् ।