१ कार्तिक २०८३, आइतबार

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । मंगलबार काठमाडौंको बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सरकारका कारण आचार्यले आत्मदाह गर्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, देशमै केही गर्छु भन्नु अपराध हो सरकार, यो आत्महत्या होइन हत्या हो लगायत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।