१ कार्तिक २०८३, आइतबार

अटो व्यवसायीद्वारा विरोध प्रदर्शन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ माघ । अटो व्यवसायीहरुले ट्राफिक प्रहरीका कारण आफ्नो व्यवसायी धरासयी भएको भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

कुलेश्वर क्षेत्रमा आफ्नो पसल अगाडि सवारी साधन रोक्न नदिएको र जसका कारण व्यवसाय नै धरासयी भएको भन्दै कुलेश्वर अटो व्यवसाय संघले विरोध प्रदर्शनसहित महानगरको ध्यानाकर्षण गराएको हो ।

प्रदर्शनमा सहभागीहरुले ट्राफिक आतंक बन्द गर, काठमाडौं महानगरपालिका गरि खाना देउ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

संघका अध्यक्ष जीवराज भट्टराईले केही दिनदेखि आफ्नो व्यवसाय अगाडिको क्षेत्रमा ट्राफिक प्रहरीले हस्तक्षेप गरेको कारण बाध्य भएर प्रदर्शन गर्नुपरेको बताए ।

उनले महानगरले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको र ट्राफिक प्रहरीले गर्नुपर्ने काम महानगरले गरेकाले ध्यानाकर्षण गराइएको बताए ।

महानगरले केहीदिन भित्र यस बिषयमा सुनुवाई गर्ने आश्वास दिएको उनले जानकारी दिए ।