
काठमाडौं, ११ माघ । बागमती प्रदेश सरकारका मन्त्रीहरुको टुंगो लागेको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रीहरुको टुंगो लगाएका हुन् । सहमतिअनुसार एमाले र माओवादीले ४/४ र राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएको छ ।
नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् ।
यसैगरी माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् । शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।
यस्तै, राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री, राजु बिष्ट वन तथा वातावरण मन्त्री र उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने निश्चित भएको हो ।
मन्त्रीहरुलाई आजै सपथ ग्रहण गराउने तयारी छ ।















प्रतिक्रिया