
काठमाडौं, ११ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
मंगलबार ऐतिहासिक मूल्य कायम भएको सुनको मूल्य बुधबार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। महासंघकाअनुसार बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ।
बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ।















प्रतिक्रिया