१ कार्तिक २०८३, आइतबार

न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा क्रिस हिपकिन्स

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, न्युजिल्याण्डमा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ज्यासिण्डा आर्डनले गत हप्ता पदत्गाग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

बेलायती राजा चार्ल्सका प्रतिनिधिको रुपमा रहेका गभर्नर समक्ष प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

कारमेल सेपुलोनीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।