१ कार्तिक २०८३, आइतबार

बहुप्रतिक्षित फिल्म ‘पठान’ आजबाट प्रदर्शन

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । किङ खानका रुपमा परिचित भारतीय सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ आज बुधबारबाट प्रदर्शन हुँदैछ ।

पठानमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा रहेका छन् । एक्सनथ्रीलरले भरिपूर्ण पठान शाहरुखको पाँच वर्षपछि कमब्याक फिल्म हो ।

शाहरुख पछिल्लो समय सन् २०१८ मा चलचित्र ‘जिरो’मार्फत ठुलो पर्दामा प्रस्तुत भएका थिए । जिरो फ्लप भएपछि शाहरुख ठूलो पर्दाबाट लामो ब्रेक लिएका थिए ।

पठानमा सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण छ । पठान विश्वका एक सय भन्दा बढी देशमा प्रदर्शन हुँदैछ ।

भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट प्रदर्शन हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पठानको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार नेपालमा समेत पठान १ सय ५० भन्दा बढी हलमा प्रदर्शन हुँदैछ ।