२ कार्तिक २०८३, सोमबार

बाजुरा भूकम्प: १ जनाको मृत्यु, ८० वटा घर भत्किए (अपडेट)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परेर १ जनाको मृत्यु भएको छ ।

हिमाली गाउँपालिका गौमुललाई केन्द्रबिन्दु बनाएर गएको ५.९ म्याग्निच्युडको भूकम्पबाट ३ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । यस्तै ८० वटा घर भत्किएका छन् ।

ति घरहरुमा मान्छे बस्न सक्ने अवस्था नरहेको बताइएको छ । स्थानीयलाई विद्यालयमा राखिएको छ । यस्तै, भूकम्पमा परेर ४० वटा भेडा मरेका प्रहरीले जानकारी दिइएको छ । भूकम्पपछि स्थानीयहरु त्रसित भएका छन् ।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्पको स्रोत जमिनभन्दा २५ किलोमिटर तल भएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख अशोक सिंहका अनुसार भूकम्पको असर सबैभन्दा बढी बाजुरा र बझाङ जिल्लामा परेको छ।