मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

बाजुरा भूकम्प: एक जनाको मृत्यु

दैनिक नेपाल २०७९ माघ १० गते १७:१९

काठमाडौं, १० माघ । बाजुरामा मंगलबार दिउसो गएको भूकम्पमा परेर एकजनाको मृत्यु भएको छ ।

घाँस काट्न जंगल गएकी गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्प गएपछि खसेको ढुंगाले लागेको उनको मृत्यु भएको हो ।

यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण ५ वटाभन्दा बढी घर भत्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित