१ कार्तिक २०८३, आइतबार

स्पट फिक्सिङ: मेहबुबले खेलाडीलाई ८ लाख सम्मको अफर गरेका थिए

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर मेहबुब आलमले नेपाल टी-ट्वेन्टी लिगमा फिक्सिङका लागि मुख्य भूमिका खेलेको खुलाशा भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पत्रकार सम्मेलन गर्दै फिक्सिङमा मुख्य भूमिका मेहबुबको भएको पाइएको जानकारी दिएको हो ।

प्रहरीले खेलाडीहरुलाई पैसाको अफर गर्दै मेहबुबले फोन गरेको अडियोसमेत फेला पारेको छ । उनले खेलाडीलाई ८ लाख सम्म अफर गरेको पाइएको सीआईबीले बताएको छ ।

सीआईबीले मेहबुव र आदिल अन्सारीलाई सोमबार पक्राउ गरेको थियो ।