१ कार्तिक २०८३, आइतबार

स्याङ्जामा पाइलटलाई कुट्ने २ जनासहित ६ जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । माघ ६ गते स्याङ्जामा प्रभु हेलिकप्टरका पाइलटलाई कुटपिट गर्ने २ जनासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेलिकप्टरमा सवार ४ जना यात्रुसहित पाइलटलाई कुटपिट गर्ने २ जनालाई पक्राउ गरेको हो । माघ ६ गते फुटबल खेल चलिरहेका बेलामा हेलिकप्टर मैदानमै ल्याण्ड भएपछि आक्रोशित भएका दर्शकले पाइलटलाई हातपात गरेका थिए ।

हेलिकप्टरमा विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना सवार थिए। उनीहरुकै करकारपमा हेलिकप्टर खेल मैदानमा ल्याण्ड गरेको पाइलटले बताएका छन् ।

प्रहरीले हेलिकप्टरमा सवार चारैजनालाई पनि पक्राउ गरेको हो ।