१ कार्तिक २०८३, आइतबार

बाजुरामा भूकम्प: घर भत्कियो, प्रहरीद्वारा उद्दार जारी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पले घर भत्किएको छ ।

बाजुराको बडिमालिका नगरपालिका- ७ मा एउटा घर प्रहरीले जानकारी दिएको छ । अन्य स्थानमा पनि घरहरु भत्किएको बताइएको छ । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । प्रहरीले उद्दार गरिरहेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतमा पनि महशुस गरिएको थियो ।