शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सांसद महासेठलाई गृहमन्त्रीको जवाफ- राज्यका संयन्त्रहरु हिजो चलाएझैँ आज चलाउन छोड्नुस्

दैनिक नेपाल २०७९ माघ १० गते १४:३२

काठमाडौं, १० माघ । गृहमन्त्री रवि लामिछानेले सांसदहरुलाई राज्यका संयन्त्रहरुलाई हिजो चलाएझँ चलाउन छोड्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले राज्यका संयन्त्रहरुलाई ट्रयाकभन्दा बाहिर राखिएको र तिनलाई ट्रयाकमा ल्याउने काम भइरहेको बताएका छन् ।

एमाले सांसद रघुवीर महासेठले सांसद लक्ष्मी कोइरीलाई राज्यले अपराधी करार गरेको भन्दै प्रश्न उठाएपछि जवाफ दिँदै लामिछानेले राज्यका संयन्त्रहरुलाई हिजो झैँ चलाउन छोड्न भनेका हुन् ।

राज्यका संयन्त्रहरुलाई थिलथिलो पारेको भन्दै कामको माध्यमबाट संसदमा जवाफ दिने पक्षमा आफू रहेको बताए ।

‘राज्यका संयन्त्रहरु हिजो चलाएझै आज चलाउन छोड्नुस् । आधा काम आँफैँ घट्नेछ । सबै राज्यका मान्छेहरु हुन् । चाहे फरार सांसदको विषयमा होस् वा क्रसरको विषयमा होस् । गृहमन्त्रालयले काम गरिरहेको छ । म नतिजा अवस्य दिन्छु, लामिछानेले भने, ‘राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ। तपाईंहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस्। राज्यका सबै मान्छे हाम्रा मान्छे हुन्। तपाईंहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ,’।

प्रतिक्रिया
सम्बन्धित