१ कार्तिक २०८३, आइतबार

माल्दिभ्सले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भारतको उम्मेदवारीलाई समर्थन गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माले, ९ माघ । माल्दिभ्सले सन् २०२८-२०२९ को अवधिका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भारतको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सन् २०२७ जुनमा संयुक्त राष्ट्रसंघ महासभाको पहिलो सत्रमा त्यसबारे निर्वाचन हुनेछ । भारतलाई समर्थन गर्ने निर्णय विदेशमन्त्री एस जयशंकरको जनवरी १८ र १९ मा माल्दिभ्सको भ्रमणपछि लिइएको थियो ।

माल्दिभ्सको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई देशबीचको साझेदारी घनिष्ठ रहेको सन्दर्भमा यो निर्णय लिइएको बताइएको छ । ‘भारतले अन्तरराष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न निरन्तर बलियो र प्रभावकारी नेतृत्व प्रदर्शन गरेको छ । भारत संयुक्त राष्ट्रसंघको बडापत्रमा निहित मूल्यमान्यता र सिद्धान्तहरूको पनि बलियो समर्थक रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। ‘माल्दिभ्स सरकार विश्वस्त छ भारत सुरक्षा परिषद्मा सबै विकासोन्मुख देशहरूको लागि आवाज उठाउँने प्रतिनिधि बन्नेछ र आगामी वर्षहरूमा शान्ति र सुरक्षामा विश्वव्यापी बहसको लागि अर्थपूर्ण योगदान गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशंकर हनिमाधु अन्तरराष्ट्रिय विमानस्थल विकास परियोजनाको शिलान्यास समारोहमा मालदिभ्सका राष्ट्रपति, मन्त्रीहरू र स्थानीय नेताहरूसँग सामेल भएका थिए । यो परियोजनाले उत्तरी माल्दिभ्स र बाँकी विश्वका जनताबीचको खाडललाई कम गर्नेछ र दुई देशका जनतालाई एकसाथ ल्याउने विश्वास व्यक्त गरिएको छ ।

मन्त्री जयशंकरले माल्दिभ्स इन्डस्ट्रियल फिशरीज कम्पनी लिमिटेडको सुविधा विस्तारको लागि सम्झौतामा हस्ताक्षर हनु पनि प्रमुख कोसेढुङ्गा हुने बताएका छन्। ‘क्षमता विकासमा हाम्रो ध्यान प्रशिक्षण कार्यक्रमहरूमा पनि देखिएको छ जसले गत वर्ष मात्र ९०० माल्दिभ्सका अधिकारीहरूलाई लाभान्वित गरेको छ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । एएनआई