१ कार्तिक २०८३, आइतबार

जोखिमपूर्ण ल्याण्ड गर्ने तीनजना पाइलटलाई कारबाही

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ।

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोल (एटिसी) को निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको हो।

हङकङ विमानस्थल एटिसीको निर्देशन नमानेर जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटलाई कारबाही गर्न निर्देशन दिइएको हो ।

पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही सिफारिस गरिएको हो ।