१ कार्तिक २०८३, आइतबार

काम गर्न सक्नुहुन्न भने राजीनामा दिनुहोस: मन्त्री कराती

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका छन् ।

सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका जहाज समयमा नै नउड्दा बदनाम हुन पुगेको भन्दै अब दैनिक रिपोर्ट पेस गर्न निर्देशन दिएका हुन् ।

हवाई सेवामा एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न मन्त्री किरातीले आग्रह गरे ।

मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिए ।

उनले निगममा रहेर काम गर्न नसके राजीनामा गर्न पनि सुझाव दिए ।